RSS2.0

Showing posts with label internet explorer" Icon missing भएमा फर्काउने तरिका. Show all posts
Showing posts with label internet explorer" Icon missing भएमा फर्काउने तरिका. Show all posts

Desktop मा "internet explorer" Icon missing भएमा फर्काउने तरिका

Saturday, September 11, 2010

तपाईंले यदि आफ्नो कम्प्युटरमा "internet explorer" भर्सन 7 (वा त्यो भन्दा माथि) upgrade अथवा updates गर्नु भएको छ भने कारणबस "Internet explorer" को icon हराउन सक्छ । यति सम्म कि "internet explorer" Icon enable गर्ने option सम्म पनि हराउन सक्छ । तपाईंले Icon enable गर्ने ठाउँ Control Panel > Display > Desktop > Customize Desktop वा डेस्कटपमा right-click > Properties > Desktop > Customize Desktop , त्यहा "internet explorer" को चेक बक्स नै गायब हुन सक्छ ।

हेर्नुहोस् तलको फोटोमा :




















तपाईं पनि यो समस्यामा पर्नु भएको होला । यसरी miss भएको Icon लाई वा enable गर्ने चेक बक्सलाई कसरी फर्काउन सकिन्छ त ? त्यसको लागि तपाईंले आफ्नो कम्प्युटरको register editor मा केही हेरफेर गर्नु पर्ने हुन्छ ।


तरिका १)
१) Start बटनमा क्लिक गर्नुहोस् र Run मा गएर त्यहा regedit टाईप गरेर Enter गर्नुहोस् ।
२) अब ध्यानपुर्बक यो location सम्म जानुहोस्
HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Explorer\HideDesktopIcons
\NewStartPanelIn
३) दाँया तिर भएको {871C5380-42A0-1069-A2EA-08002B30309D} key लाई double क्लिक गर्नुहोस् ।
४) Dword Value 0 राखीदिनुहोस् र regedit लाई बन्द गरिदिनुहोस् ।
५) डेस्कटपलाई refress गर्नुहोस् ।

तरिका २
१) डेस्कटपको कुनै खाली ठाउँमा Right-click गर्नुहोस् र “Properties” मा जानुहोस् ।
२) “Display Properties” को tab Dialog बक्स देखिएपछि "Desktop" Tab मा जानुहोस् ।
३) "Costomize Desktop" बटनमा क्लिक गर्नुहोस् ।
४) “Desktop Items” Dialog Box देखिनेछ , त्यहा "General" Tab select भएको sure गर्नुहोस् र
५) “Restore Default” मा क्लिक गरेर ओके गर्नुहोस् ।

Nepal upclose