RSS2.0

Showing posts with label कसरी आफ्नो mp3 file हरुको Volume लाई Same Volume मा Adjust गर्ने ?. Show all posts
Showing posts with label कसरी आफ्नो mp3 file हरुको Volume लाई Same Volume मा Adjust गर्ने ?. Show all posts

कसरी आफ्नो mp3 file हरुको Volume लाई Same Volume मा Adjust गर्ने ?

Thursday, September 23, 2010


सायद यो तपाईंलाई अवस्य पनि यो मन पर्दैन होला कि आफ्नो कम्प्युटरमा भएका mp3 गीतहरु कुनै ठुलो र कुनै सानो आवाजमा play भएको । मलाई पनि कहिले काही गीतहरु play गर्दा कुनै गीत ठुलो आवाजमा र कुनै गीत सानो आवाजमा बज्दा नमज्जा लागेको र आफ्नो player को volume लाई adjust गर्दा गर्दा हैरान भएको अनुभब छ । कहिले काही यो सोच्ने गर्थे कि हामीले आफ्ना सबै mp3 फाइलहरुको Volume लाई same बनाउन सक्दैनौ र ? तपाईंले पनि शायद यस्तै समस्या भोग्नु भएको होला र मैले जस्तै सोच्नु भएको होला ।

यस्तैमा मैले एउटा यस्तो software फेला पारें जुन software ले हामीले सोचेकै जस्तो काम गर्छ । फ्री मा उपलब्ध यो MP3Gain नामक software को मद्घतले हामीले आफ्ना mp3 गीतहरुको Volume लाई Same बनाउन सक्छौ ।

MP3Gain एउटा simple application हो र यसले गर्ने main काम भनेको MP3 फाइलहरुलाई Analyze र Automatically Adjust गरेर पछि play गर्दा सबै फाइलहरुको volume Same बनाउने । जब हामीले कुनै MP3 फाइललाई यो application को मद्घतले adjust गर्छौ यसले उक्त फाइललाई decoding वा re-coding नगरीकनै यो काम गर्छ जसको कारणले फाइलको Quality मा केही फरक हुँदैन । तपाईंले जती चोटि पनि उक्त फाइलको volume लाई adjust गर्न सक्नु हुन्छ र फाइलको quality तपाईंले adjust गर्नु भन्दा अगाडि जस्तो थियो त्यस्तै नै हुन्छ ।

एक चोटि  तपाईं पनि Try गरेर हेर्नुहोस्  त !!!

Software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

Nepal upclose