RSS2.0

Showing posts with label नातिकाजी को गित हरु. Show all posts
Showing posts with label नातिकाजी को गित हरु. Show all posts

नातिकाजी को गित हरु

Wednesday, October 13, 2010


नेपाली गीत सङ्गीतको क्षेत्रमा उच्चआदारका साथ लिइने नाम हो नातिकाजी । उनले नेपाली सङ्गीतको विकासका लागि गरेको योगदानलाई शब्दमा व्याख्या गर्न गार्‍हो छ । सङ्गीत शिरोभूषण पदवीबाट सम्मानित नातिकाजीका जीवन प्रेरणाप्रद मात्र होइन रोचक समेत रहेको छ ।
नातिकाजीको जन्म वि.सं. १९८२ साल पौषशुक्ल द्वितीयाका दिन ललितपुरको पुल्चोकमा बुबा मोहनलाल श्रेष्ठ र आमा चम्पादेवी श्रेष्ठको कोखबाट भएको थियो । सानै उमेरमा आमा बुबा गुमाएका नातिकाजी त्यसपछि गुहृयेश्वरीस्थित मामाघरमा हुर्किए । मामाघरका बाजे पुजारी भएका कारण पशूपति र गुहृयेश्वरी मन्दिरमा हुने विभिन्न भजन कार्यक्रमहरुमा सहभागिता जनाउँथे । बाजेको पछिलागेर भजनमा सरिक हुँदाहुँदै सङ्गीतमा सक्रियरुपमा सहभागी हुन थालेका नातिकाजीले वि.सं. २००४-५ सालतिर केही साथी कृष्ण मानन्धरसँग मिलेर 'जीवनज्योति' नामक नाटक पनि बनाएका थिए ।
 आफ्नो घर, साथीभाई र भजनगृहमा गीत गाउँदागाउँदै नातिकाजी २००७ सालमा रेडियो नेपाल पुगे र त्यसको एक वर्षति पछि २००८ बैशाख १५ गतेदेखि लाग हुने गरी जागिरको नियुक्तिपत्र पाए । उनले आफ्नै शब्द सङ्गीत र स्वरमा 'जब प्रेम छुट्यो रोएर के गरौँ' बोलको गीत पहिलोपटक रेडियो नेपालको प्रत्यक्ष प्रसारणमा गाएका थिए । त्यस्तै पुष्प नेपालीको शब्द र उनकै स्वर र सङ्गीत रहेको गीत 'पहाड बसी वनमा खेली हुर्केकी अकेली' उनको स्वरमा रेकर्ड भएको पहिलो गीत हो । २००९ सालमा उक्त गीत भारतको कोलकातामा डिस्क रेकर्ड गर्नका लागि राजा त्रिभुवनले नातिकाजीलाई रु ६०० दिएका थिए ।
 सुरुवातका दिनहरुका नातिकाजी आफैँ गीत लेख्थे र गाउँथे पनि । र, उनका स्वरका गीतहरु त्यसबेला श्रोताबीच चर्चित पनि थिए । लगभग २०० जति गीतहरु आफ्नो स्वरमा रेकर्ड गराएका नातिकाजी २०१६-१७ सालपछि गाउन छाडेर सङ्गीत सिर्जना सिर्जना गर्नपट्ट िमात्रै लागे ।
रेडियो नेपालको स्थापना हुँदा रेडियो बजाउन नेपाली गीतहरु त परै जावोस् बजाउनलाई नेपाली धन पनि थिएन । यस्तै अभावकालका कलाकार मध्येका एक हुन् नातिकाजी । रेडियो नेपालमा प्रवेश गरेपछि नेपाली सङ्गीतको क्षेत्रलाई फराकिलो बनाउन ठूलो भूमिका खेलेका नातिकाजी रेडियो नेपालको साङ्गीतिक क्षेत्रको विकासका पृष्ठाधार मध्येका एक हुन् ।

( गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा राईट क्लिक गरेर Save Target As Firefox मा भए Save Link As गरेर Location दिएर save गर्नुहोला )
 आज भोली देख्दिन म _ पुष्प नेपाली, नातिकाजी
आजै र राती के देखे सपना _ नारायण गोपाल
आँखैमा रात ढले _ योगेश बैद्य
आवाज नदेउ कसैले _ प्रदीप राज पाण्डे
आखिरी यो चिठ्ठी _ प्रदीप राज पाण्डे
भष्म दलेर शम्भु तिमीले _ उदित नारायण झा
बिदा हुने भई गयो बेला _ तारा देबी, नातिकाजी
धरतीको छाती ज्योतिले पोती _ पुष्प नेपाली
धेरै पछि आज फेरी पिउने बहाना _ प्रदीप राज पाण्डे
एउटा तारा डाँडा वारी _ नातिकाजी
घुमाइमा घुमाइ _ पुष्प नेपाली, तारा देवी
हजुरलाई देखेँ देखी
हुँदैन टाढा मन परेपछि _ पुष्प नेपाली
कहिले यो माया बिर्सेंनी _ तारा देवी
किन आउछ याद तिम्रो _ प्रदिप राज पाण्डे
म आफ्नै दिलको बिरोधमा _ प्रदिप राज पाण्डे
म तिम्रो शहर छोडि टाढा _ प्रदिप राज पाण्डे
मर्न बरु गाह्रो हुन्न _ नातिकाजि
मेरो आँशुमा नहासे _ प्रेमध्व्ज प्रधान
मेरो गजल सुनेर _ प्रदिप राज पाण्डे
पहाड बसी बनमा खेली _ नातिकाजी
पर लैजाउ फूलहरु _ प्रेम्ध्वज प्रधान
फूलको थुङगा बहेर गयो _ तारादेबी
साङगुरी बारुनी हो यो धारा पानी _ तारादेबी
सान्नानीको गालैमा कालो कोठी रैछ _ फत्तेमान
सपना भुलाई सारा _ योगेश बैद्य
थाहै थिएन दिल _ प्रदीप राज पाण्डे
तिमी आउछौ भन्ने आशै आशमा _ उदित नारायण झा
तिमीलाई देखेर आँखा त्यही छोडी हिंडे म _ उदित नारायण झा
तिमीले सोधेउ सञ्चै छौ भनी _ तारादेबी
तिमीले त हैन तिम्रा भाकाहरुले _ बच्चु कैलाश
यस्तो पनि हुदो रहेछ _ फत्तेमान
यो कस्तो रात _ मणिक रत्न

Nepal upclose