RSS2.0

Showing posts with label Computer को Speed बढाउने १० Tips हरु. Show all posts
Showing posts with label Computer को Speed बढाउने १० Tips हरु. Show all posts

Computer को Speed बढाउने १० Tips हरु

Tuesday, September 14, 2010




१ सर्बप्रथम कम्प्युटर खोल्ने बित्तिकै कुनै पनि Application चाँड चांडै नखोल्नुस् , पहिला राम्रो सँग PC लाई Bootup हुन दिनुस् ।
२ कुनैपनि Application बन्द गरी सके पछि आफ्नो Desktop लाई एक पल्ट Refresh गर्नुस् यसले तपाईंको कम्प्युटरको Ram मा जम्मा भएको Unused फाइलहरु Remove हुन्छ ।
३ आफ्नो कम्प्युटरमा सके सम्म Wallpaper को Use नै नगर्नुस् र यदि गर्नुनै छ भने ठुलो साइजको Image लाई Use नगर्नुस् ।
४ आफ्नो Desktop मा धेरै Unnessesary Shortcut हरुलाई नराख्नुस् र सके सम्म Desktop लाई Clean नै राख् नुस् । Desktop मा फोटो तथा Music को फाइलहरुलाई पनि Save नगर्नुस् ।
५ RecycleBin लाई बेला बेलामा Empty गरी राख् नुस् । तपाईंले Delete गर्नु भएको फाइलहरु RecycleBin मा जम्मा भई राखेको हुन्छ र तपाईंको कम्प्युटरको Harddrive को ठाउँ यसले लीइ राखेको हुन्छ ।
६ temporary internet files लाई बेला बेलामा Delete गरी राखनुस् ।
७ आफ्नो कम्प्युटर लाई प्रत्येक २ महिनामा Defragment गर्नुस् । यसले तपाईंको कम्प्युटरको Harddrive मा धेरै खाली ठाउँ बनाउछ र Program हरु Fast चल्छन ।
८ आफ्नो कम्प्युटर लाई जहिले पनि २ वा २ भन्दा बढीमा partitions गर्नुस् र सके सम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Instal गर्नुस् । सके सम्म C  Drive लाई खाली नै राख् नुस् ।
९ जब तपाईंले नयाँ Software हरु Instal गर्नु हुन्छ त्यो Software को Tray Icon लाई Disable गर्नुस् , यि Icon हरुले तपाईंको कम्प्युटरको RAM को Use गरी राखेका हुन्छन र कम्प्युटर Slow हुन सक्छ र Software का starting the application automatically Option लाई पनि Disable गर्न नभुल्नु होला । यस्ता Option हरुलाई तपाइले software हरु Instal गरी सके पछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुन्छ ।
१० आफ्नो कम्प्युटर लाई धुलो बाट पनि सके सम्म बचाउनुस् , किन भने धुलोले तपाईंको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरी दिन सक्छ यसले कम्प्युटर अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow Down हुन सक्छ ।

"यो १० वटा साधारण Tips हरुलाई बिचार पुर्‍याउनु भयो भने तपाईंको कम्प्युटर पहिले को भन्दा धेरै Speed मा चल्न सक्छ ।"

Nepal upclose