RSS2.0

Showing posts with label USB Pendrive (पेनड्राईभ) लाई Write Protect गर्ने तरिका. Show all posts
Showing posts with label USB Pendrive (पेनड्राईभ) लाई Write Protect गर्ने तरिका. Show all posts

USB Pendrive (पेनड्राईभ) लाई Write Protect गर्ने तरिका

Thursday, September 23, 2010

USB पेनड्राईभको Access Enable र Disable गर्ने तरिका:
आफ्नो पेन ड्राइभलाई Write Protect गर्ने तरिका बारे लेख्न गईरहेको छु । तपाईंले आफ्नो कम्प्युटरको Registry मा थोरै परिवर्तन गरेर यो कामलाई सम्भब बनाउन सक्नु हुन्छ । त्यसको लागि तल लेखिएको step अनुसार गर्नुहोला ।

Note:यो तरिका कम्प्युटरको system Registry सम्बन्धी भएको हुनाले कम्प्युटर बारे साधारण जानकारीनहुनेहरुले आफ्नो कम्प्युटरको Registry सके सम्म नचलाऊनु नै बेश हुनेछ ।"

१) Start मा क्लिक गर्नुहोस् र Run मा जानुहोस् ।
२) त्यहा regedit टाईप गरेर ओके गर्नुहोस् ।
३) अब तल लेखिएको location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Control\
४) त्यहा “StorageDevicePolicies” नामको sub key खोज्नुहोस् । यदि यो नामको sub key त्यहा छैन भने तपाईंले उक्त नामको sub key बनाउनु पर्ने हुन्छ । त्यसको लागि control मा राईट क्लिक गर्नुहोस् र New-> key गर्नुहोस् र त्यहा नाम दिनुहोस् StorageDevicePolicies














५) अब भर्खरै बनाउनु भएको नयाँ key मा राईट क्लिक गर्नुहोस् र New-> DWORD value मा जानुहोस् र त्यहा नाम दिनुहोस् WriteProtect

६) अब यो key लाई Modify गर्नुहोस् र त्यहा value लाई 1 बनाइदिनुहोस् ।














७) ओके गर्नुहोस् र कम्प्युटरलाई restart गर्नुहोस् ।
८) अब तपाईंको Pen Drive मा कुनै पनि Data Transferred हुँदैन , Data Transferred गर्न खोज्दा यो messege देखिन्छ ।











९) यदि तपाईंलाई फेरी Write Protect लाई disable गर्नु पर्ने भयो भने त्यही location सम्म गएर value लाई 0 बनाइदिनुहोस् ।

Enjoy!!

Nepal upclose