RSS2.0

नेपाली जोक्सहरु

Monday, August 22, 2011

बाउको छोरो

बाउले एउटा रोबोट किनेर ल्याएछ। झुठो बोलेको थाहा पाउने रोबोट। झुठो थाहा हुने बित्तिकै रोबोटले एक झापड हान्दो रहेछ। राती खाना खाने बेला भयो।
बाउ: छोरा आज तँ कहाँ गएको यतिबेलासम्म?
छोरो: रमेशको घरमा पढ्न।
रोबोटले एक झापु हान्यो।
छोरो: होइन, रिताको घरमा थिँए।
रोबोटले अर्को झापु हान्यो तिरिमिरी हुने गरी।
छोरो:सरी! रितासँग फिल्म हेर्न गएको थिँए।
बाउ: गधा! तेरो उमेरमा म कुनै केटीसँग त्यसरी फिल्म हेर्न गइन।
रोबोटले अर्को झापड बाउलाई हान्यो।
आमा: हा हा हा यो चाँही पक्का तपाईंको छोरो हो।
रोबोटले अर्को झापड आमालाई हिर्कायो।

------------------------------------------------------NEXT-----------------------------------------------------------

जड्याहा

एउटा जड्याहा फिट्टु भएर राती सडकमा हल्लिदै हिडिहरेको थियो। उसले एउटा पुलिस आफ्नो नजिक आउँदै गरेको देखेर अली शतर्क भयो।
पुलिस: (लौरो देखाउँदै) ए कहाँ जान लागेको यती राती?
जड्याहा: कँही होइन हजुर। म त घर जान लागेको यही हो मेरो घर। नपत्याए हिंड्नुस् म सबै चिनाइदिन्छु। (उसले यत्तिकै नचिनेको घरमा छिरायो) ल हेर्नुस् यो हो मेरो बैठक कोठा। यो मेरो किचन। यो मेरो पूजा कोठा। यो मेरो आमाको बेडरूम। यो मेरो बेडरूम। अनी त्यँहा सुतिरहेको चाँही म र मेरो श्रीमती।


------------------------------------------------------NEXT-----------------------------------------------------------
रेड हानेको

बिहेको कार्यक्रम भर्खर सकिएको थियो। दुलहा र दुलही कोठामा बसेर गफ गर्न मात्र लागेका थिए। बाहिरबाट कसैले ढोका ढक्ढक्यायो। श्रीमानले ढोका खोल्यो। साथीहरु रहेछ उसलाई गिज्याउन थाल्यो। उसले साथीहरुलाई पठाएर भित्र पस्यो। तर श्रीमतीलाई कही देखेन। बाथरूम भित्र हेर्*यो देखेन। अचम्ममा पर्*यो। जिस्किएर कही लुकेको होला भनेर पर्दा खोलेर हेर्*यो, अह देखेन। अन्तिममा खाटमुनी हेरेको त त्यँहा पो लुकेको रहेछ।
श्रीमान: किन यहाँ लुकेको?
श्रीमती: पुलिसले रेड हानेको जस्तो लागेर।

------------------------------------------------------NEXT-----------------------------------------------------------

एउटा केटी सुगा किन्न गइछ

१दिन एउटा केटी सुगा किन्न गइछ:
केटी: यस्को बिशेषता के हो?
पसले: यो बोल्छ
केटीले सुगालाई सोधी: म कस्ती देखिन्छु ?
सुगा: तँ त एकदम characterles देखिन्छेस्
केटी : यो त कस्तो बदतमीज रैछ!
पसलेले सुगालाई भित्र लगेर पानीमा चोबलेर भन्यो-'भन् अब पनि गाली गर्छस्?'
सुगा: कहिल्यै गर्दिनँ !
केटी: यदि मेरो घरमा १ जना केटा मान्छे आयो भने तिमी के सोच्नेछौ?
सुगा: तिम्रो श्रीमान् हो !
केटी: यदि २ जना आए ?
सुगा: तिम्रो श्रीमान् र देवर
केटी: ३ जना ?
सुगा: ह्या पानी ल्या मुला, मैले त पहिल्यै भनेको नि यो characterless
भनेर.।।।।

0 comments:

Nepal upclose