RSS2.0

ईमेल अकाउन्टले नै दिनेछ नयाँ ईमेलको जवाफहरु

Saturday, February 5, 2011

तपाईंले पनि कहिले काही बिचार गर्नु भएको होला, तपाईंले कसैलाई (कुनै अफिस वा कम्पनी) हरुमा ईमेल पठाउदा आफुले ईमेल पठाउने बित्तिकै जवाफ आई सकेको हुन्छ। तर के तपाईं पनि यस्तो गर्न चाहनु हुन्छ ? कि कसैले तपाईं ईमेल गर्ने बित्तिकै तपाईंको ईमेल अकाउन्ट बाट Automatic तपाईंले चाहेको reply जाओस ?? अथवा यो यस्तो बेलामा पनि काम लाग्छ जती बेला तपाईं Vacation (छुट्टी) मा हुनुहुन्छ र कम्प्युटर बाट टाढा हुनुहुन्छ र कसैले तपाईंलाई ईमेल गर्यो भने आफ्नो तर्फबाट ईमेल पठाउने मान्छेलाई जवाफ अटोमेटिकल्ली जाओस ताकी त्यो मान्छेलाई तपाईंको बारे जानकारी होस् । यहाँ यही बारे केही जानकारी दियको छु ।

यो सुबिधा तपाईंले Gmail Yahoo दुबैमा प्रयोग गर्न सक्नु हुनेछ

Gmail मा






१) आफ्नो जिमेल अकाउन्ट login गर्नुहोस् ।
२) अब Settings मा क्लिक गर्नुहोस् ।
३) खुलेको पेजमा तल स्क्रोल गर्दै जानुहोस् त्यहाँ Vacation responder भन्ने खोज्नुहोस् ।
४) त्यहा Vacation responder on मा tick लगाउनुहोस् र Date छान्नुहोस् कहिले देखी कहिले सम्म ईमेल auto जाओस भनेर ।
५) message बक्समा message टाईप गर्नुहोस् । त्यहा टाईप गरिएको message नै अटोमेट्टिकल्ली जाने हो ।
६) र अन्तिममा save settings tab मा क्लिक गर्नु नबिसँनुहोला ।




Yahoo मेलमा









१) yahoo मेल login गर्नुहोस् ।
२) पेजको दाँया तिर को Option मा क्लिक गरेर more option मा क्लिक गर्नुहोस् ।
३) नयाँ पेज खुल्नेछ त्यहा बाँया तिर Vacation response option मा क्लिक गर्नुहोस् ।
४) त्यहा, Enable auto response during your vacation मा क्लिक लगाइदिनुहोस्, Date setting गर्नुहोस् र तलको खाली बक्समा send गर्नु पर्ने message टाईप गर्नुहोस् ।
५) अन्तिममा save changes बटनमा क्लिक गर्नुहोस् ।

0 comments:

Nepal upclose