RSS2.0

नातिकाजी को गित हरु

Wednesday, October 13, 2010


नेपाली गीत सङ्गीतको क्षेत्रमा उच्चआदारका साथ लिइने नाम हो नातिकाजी । उनले नेपाली सङ्गीतको विकासका लागि गरेको योगदानलाई शब्दमा व्याख्या गर्न गार्‍हो छ । सङ्गीत शिरोभूषण पदवीबाट सम्मानित नातिकाजीका जीवन प्रेरणाप्रद मात्र होइन रोचक समेत रहेको छ ।
नातिकाजीको जन्म वि.सं. १९८२ साल पौषशुक्ल द्वितीयाका दिन ललितपुरको पुल्चोकमा बुबा मोहनलाल श्रेष्ठ र आमा चम्पादेवी श्रेष्ठको कोखबाट भएको थियो । सानै उमेरमा आमा बुबा गुमाएका नातिकाजी त्यसपछि गुहृयेश्वरीस्थित मामाघरमा हुर्किए । मामाघरका बाजे पुजारी भएका कारण पशूपति र गुहृयेश्वरी मन्दिरमा हुने विभिन्न भजन कार्यक्रमहरुमा सहभागिता जनाउँथे । बाजेको पछिलागेर भजनमा सरिक हुँदाहुँदै सङ्गीतमा सक्रियरुपमा सहभागी हुन थालेका नातिकाजीले वि.सं. २००४-५ सालतिर केही साथी कृष्ण मानन्धरसँग मिलेर 'जीवनज्योति' नामक नाटक पनि बनाएका थिए ।
 आफ्नो घर, साथीभाई र भजनगृहमा गीत गाउँदागाउँदै नातिकाजी २००७ सालमा रेडियो नेपाल पुगे र त्यसको एक वर्षति पछि २००८ बैशाख १५ गतेदेखि लाग हुने गरी जागिरको नियुक्तिपत्र पाए । उनले आफ्नै शब्द सङ्गीत र स्वरमा 'जब प्रेम छुट्यो रोएर के गरौँ' बोलको गीत पहिलोपटक रेडियो नेपालको प्रत्यक्ष प्रसारणमा गाएका थिए । त्यस्तै पुष्प नेपालीको शब्द र उनकै स्वर र सङ्गीत रहेको गीत 'पहाड बसी वनमा खेली हुर्केकी अकेली' उनको स्वरमा रेकर्ड भएको पहिलो गीत हो । २००९ सालमा उक्त गीत भारतको कोलकातामा डिस्क रेकर्ड गर्नका लागि राजा त्रिभुवनले नातिकाजीलाई रु ६०० दिएका थिए ।
 सुरुवातका दिनहरुका नातिकाजी आफैँ गीत लेख्थे र गाउँथे पनि । र, उनका स्वरका गीतहरु त्यसबेला श्रोताबीच चर्चित पनि थिए । लगभग २०० जति गीतहरु आफ्नो स्वरमा रेकर्ड गराएका नातिकाजी २०१६-१७ सालपछि गाउन छाडेर सङ्गीत सिर्जना सिर्जना गर्नपट्ट िमात्रै लागे ।
रेडियो नेपालको स्थापना हुँदा रेडियो बजाउन नेपाली गीतहरु त परै जावोस् बजाउनलाई नेपाली धन पनि थिएन । यस्तै अभावकालका कलाकार मध्येका एक हुन् नातिकाजी । रेडियो नेपालमा प्रवेश गरेपछि नेपाली सङ्गीतको क्षेत्रलाई फराकिलो बनाउन ठूलो भूमिका खेलेका नातिकाजी रेडियो नेपालको साङ्गीतिक क्षेत्रको विकासका पृष्ठाधार मध्येका एक हुन् ।

( गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा राईट क्लिक गरेर Save Target As Firefox मा भए Save Link As गरेर Location दिएर save गर्नुहोला )
 आज भोली देख्दिन म _ पुष्प नेपाली, नातिकाजी
आजै र राती के देखे सपना _ नारायण गोपाल
आँखैमा रात ढले _ योगेश बैद्य
आवाज नदेउ कसैले _ प्रदीप राज पाण्डे
आखिरी यो चिठ्ठी _ प्रदीप राज पाण्डे
भष्म दलेर शम्भु तिमीले _ उदित नारायण झा
बिदा हुने भई गयो बेला _ तारा देबी, नातिकाजी
धरतीको छाती ज्योतिले पोती _ पुष्प नेपाली
धेरै पछि आज फेरी पिउने बहाना _ प्रदीप राज पाण्डे
एउटा तारा डाँडा वारी _ नातिकाजी
घुमाइमा घुमाइ _ पुष्प नेपाली, तारा देवी
हजुरलाई देखेँ देखी
हुँदैन टाढा मन परेपछि _ पुष्प नेपाली
कहिले यो माया बिर्सेंनी _ तारा देवी
किन आउछ याद तिम्रो _ प्रदिप राज पाण्डे
म आफ्नै दिलको बिरोधमा _ प्रदिप राज पाण्डे
म तिम्रो शहर छोडि टाढा _ प्रदिप राज पाण्डे
मर्न बरु गाह्रो हुन्न _ नातिकाजि
मेरो आँशुमा नहासे _ प्रेमध्व्ज प्रधान
मेरो गजल सुनेर _ प्रदिप राज पाण्डे
पहाड बसी बनमा खेली _ नातिकाजी
पर लैजाउ फूलहरु _ प्रेम्ध्वज प्रधान
फूलको थुङगा बहेर गयो _ तारादेबी
साङगुरी बारुनी हो यो धारा पानी _ तारादेबी
सान्नानीको गालैमा कालो कोठी रैछ _ फत्तेमान
सपना भुलाई सारा _ योगेश बैद्य
थाहै थिएन दिल _ प्रदीप राज पाण्डे
तिमी आउछौ भन्ने आशै आशमा _ उदित नारायण झा
तिमीलाई देखेर आँखा त्यही छोडी हिंडे म _ उदित नारायण झा
तिमीले सोधेउ सञ्चै छौ भनी _ तारादेबी
तिमीले त हैन तिम्रा भाकाहरुले _ बच्चु कैलाश
यस्तो पनि हुदो रहेछ _ फत्तेमान
यो कस्तो रात _ मणिक रत्न

0 comments:

Nepal upclose