RSS2.0

yahoo Massanger को Invisible mode

Tuesday, September 14, 2010

के तपाईंले पत्ता लगाउन सक्नु हुन्छ कि तपाईंको yahoo messenger को साथीहरुको list मा को को Invisible mode मा बसेको छ ? Invisivle mode मा बसे पछि तपाईंलाई थाहा हुँदैन को को online मा छ भनेर । के तपाईंलाई आफुले कुरा गर्न चाहेको साथी online मा छ कि ? online मै भएर पनि Invisible mode मा बसेको छ कि थाहा पाउन मन छ ? यदि मन छ भने तपाईंले एउटा Simple Trick लगाउन सक्नु हुन्छ , यो Trick बाट तपाईंलाई अबश्य थाहा हुनेछ कि तपाईंको उक्त साथी online मै भएर पनि Invisible mode मा छ भनेर ।
सबै भन्दा पहिले तपाईंले जो साथी सँग कुरा गर्न चाहनु भएको छ त्यो साथीको ID मा क्लिक गर्नुस् यसो गर्दा त्यो साथी सँगको conversation window खुल्छ । अब तपाईंले IMvironments मा क्लिक गर्नुस् र doodle लाई चुज गर्नुस् । अब तपाईंले यो लेखेको देख् नु हुनेछ "Waiting for your buddy to load doodle" । एक छिन कुर्नुस् र यदि window मा यो load भयो भने Sure तपाईंको साथी online मै छ तर उ Invisible mode मा छ र शायद तपाइ सँग कुरा गर्न चाहनु भएको छैन ?? र यदि load भएन भने तपाईंको साथी साचिकै online मा छैन भन्नेमा पक्का हुनुस् । लौ अब हेर्ने हैन त को कसले तपाईं लाई झुक्काउदै छ offline मा बसेर ???

तपाईंको कोही साथी Yahoo Massanger (याहू मेसेन्जर) को लिस्टमा सधैं offline देखिन्छ ? के यो त्यो साथीको सही Status हो ? तपाईंको साथीको यो offline Status सही नै हो भन्ने छैन किनकी याहू मेसेन्जरमा उपलबध एउटा Feature ले तपाईंले आफ्नो status लाई लुकाउन सक्नु हुन्छ जसलाई Invisible भनिन्छ र तपाईंको त्यो साथीले पनि यही Feature को प्रयोग गरेर आफ्नो status लाई लुकाएर तपाईंलाई झुक्काउदै छ कि ?

याहू मेसेन्जरमा को को अन्लाईन र को को साचैनै offline छ पत्ता लगाउने तरिका बारे पहिला पनि लेखेको थिए ! र अर्को एउटा सजिलो तरिकाको बारे लेख्न गैरहेको छु ।

http://www.ydetector.com/ एउटा यस्तो साईट हो जसबाट तपाईंले आफ्ना साथीहरुको सही Status पत्ता लगाउन सक्नु हुन्छ । हुन त तपाईंले अरु पनि धेरै साईटहरु पाउनुहुन्छ जसबाट याहू मेसेन्जर को Status पत्ता लगाउन सकिन्छ तर यहाँ यही साईटको बारे जानकारी दिनुको कारण मैले धेरै चोटि यो साईट बाट ट्राइ गरेको र सही नतिजा निस्केकोले हो ।

साईटमा तपाईंले मात्र चेक गर्नु पर्ने साथीको याहू id सर्च बक्समा टाईप गरेर Enter गरेपछि केही सेकेण्डमा नै तपाईंले नतिजा पाउनु हुनेछ कि उक्त साथी अन्लाईन, अफलाइन वा invisible Mode मा छ । छैन त सजिलो ? लौ अब कसैले invisible मा बसेर झुक्काउने कोशीस गर्दैछ चेक गरी हाल्ने हैन त?

0 comments:

Nepal upclose