RSS2.0

Windows Media Player Verson 11 मा Lyrics सँगै गीत सुन्न तरिका:

Thursday, September 23, 2010

जब हामी Windows Media Player 11 मा आफ्नो मन परेको गीत सुन्न, चाहन्छौ र गीत सँग सँगै player मा उक्त गीतको बोल (Lyrics) पनि आओस भन्ने चाहन्छौ। अब हामीले चाहेको जस्तो हुने भयो, player मा जब म गीत बजाउछु त्यो गीतको Lyrics player आँफैले Automatically डाउनलोड गरी मलाई देखाइदिन्छ ।

एक चोटि हेर्नुहोस् त तलको फोटोमा Music Track को गित सगै Lyrics पनि बज्दैछ ।

तपाईंको पनि Windows Media Player 11 player मा यसरीनै गीतको Lyrics सहित गीत बजाउन चाहनु हुन्छ भने एउटा सानो plugin डाउनलोड गर्नु पर्ने हुन्छ । Lyrics Plugin म्युजिक फ्यानहरुको लागि बनाइएको एउटा software हो । यो Plugin लाई डाउनलोड गरेर install गरीसकेपछि तपाईंको player ले Automatically बजेको गीतको Lyrics ईन्टरनेटमा सर्च गरी display गरी दिन्छ । छैन त रमाइलो ???
यदि तपाईंको गीतको Lyrics ईन्टरनेटमा भेट्टाइएन भने पनि दुखी नहुनुहोस्, तपाइले आँफै पनि उक्त गीतको Lyrics टाईप गरेर हाल्न सक्नु हुन्छ।

Windows Media Player को लागि Lyrics Plugin डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

0 comments:

Nepal upclose