RSS2.0

Block गरिएका साईट खोल्ने तरिका:

Thursday, September 23, 2010

तरिका-१

कुनै बेला सरकारले, कुनै अफिसहरुले वा स्कुल कलेजहरुले कुनै साईटहरुलाई जस्तै : Orkut, Myspace, Facebook, etc लाई block (नखुल्ने) बनाएका हुन्छन । यदि कुनै साईटलाई त्यहाको सर्भरबाट block गरियो भने हामीले block गरिएको साईट हेर्न सक्दैनौ । यस्तो बेलामा तपाईंहरुले proxy साईटहरुको सहारा लिएर ति साईटहरु भित्र छिर्न सक्नु हुन्छ । ईन्टरनेटमा यस्ता proxy साईटहरु थुप्रै पाईन्छन।
जस्तै :
http://kproxy.com/ (Best For Orkut !)
http://backfox.com/
http://www.atunnel.com/
http://calculatepie.com/
http://www.stupidcensorship.com/
http://www.vmathpie.com/
http://www.xroxee.com/
http://mathtunnel.com/
http://www.pagemod.com/
http://ninjacloak.com/
http://hostph.com/
http://www.Ultrareach.com/
यिनिहरु भन्दा कम सुरक्षित तर Block लाई bypass गर्न सकिने Proxy साईटहरु :

#  कुनै कुनै बेला network Admin हरुले https:// लाई block गरेका हुँदैनन त्यसैले यदि (http://www.orkut.com/) block गरिएको छ भने तपाईंले यसरी यो साईट भित्र जान सक्नु हुन्छ (https://www.orkut.com/) यो tirck ले कुनै कुनै ठाउमा काम गर्छ ।
# आज पनि धेरै जसोले Internet Explorer ब्राउजर नै चलाई राखेका छौ तर block साईट खोलेर हेर्न Internet Explorer भन्दा Mozilla Firefox राम्रो हुन्छ ।

तरिका-२

UltraReach Internet Corporation बाट तयार गरिएको UltraSurf को मद्घत बाट सजिलै सबै किसिमको वेबसाईटहरु visit गर्न सकिन्छ तर यसको लागि तपाईंको कम्प्युटरमा Internet Explorer Browser हुनु जरुरी छ किनकी UltraSsurf ले IE Browser मा मात्र काम गर्छ । जब तपाईंले UltraSsurf Utility बाट कुनै वेबसाईट browsing गर्नु हुन्छ यसले आपसे आप highest speed proxy servers सर्च गरी तपाईंले खोल्नु भएको साईट display गरी दिन्छ ।

धेरैजसो कम्पनीहरु वा युनिभर्सिटीज् हरुमा social वेबसाईटहरु access गर्न बाट रोक लगाइएका हुन्छन तर UltraSurf को मद्घतले तपाईंले यस्ता social वेबसाईटहरु जस्तै: Facebook, Youtube, Myspace, Orkut, Hi5, Linkedin आदि सजिलै borwse गर्न सक्नु हुन्छ ।

यो utility को अर्को बिशेषता भनेको यसको size एकदमै सानो छ र यसलाई कम्प्युटरमा install गरी राख्नु पर्दैन । तपाईंले यसबाट आफ्नो real ip address लाई hide गरेर browse गर्न सक्नु हुन्छ । यसलाई download गरेर आफ्नो pendrive मा save गर्नुहोस् र जुन कम्प्युटरमा पनि use गर्नुहोस् । यसबाट तपाईंले browser मा गर्न सकिने सबै काम जस्तै: वेबसाईट browse, वेब forums हरुमा login र posting, web mail, Data फाइलहरु uploading र downloading, real टाईम अडियो र भिडियो वा अरु multimedia प्रोग्रामहरु ।
यो utility डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

यो utility प्रयोग गर्ने तरिका ?
# सर्वप्रथम यसलाई download गर्नुहोस् ।
# यसलाई unzip गर्नुहोस् ।
# u994.exe फाइललाई खोल्नुहोस् ।
#UltraSurf 9.94 खोलिनेछ र साथ साथै तपाईंको वेब ब्राउजर IE आपसे आप खोलिनेछ
नखोलिए Home भन्ने Tab मा क्लिक गर्नुहोला ।










 




# त्यहा तपाईंले ३ वटा proxy gateways देख्नु हुनेछ, त्यसमध्य सबैभन्दा fast one लाई छान्नुहोस् ।

# खोलिएको IE ब्राउजरमा आफ्नो ip address check गरेर हेर्नुहोस्
( www.cmyip.com, www.iplocate.info ) तपाईंको ip address चेन्ज देख्नु हुनेछ ।
# त्यहा तपाईंले कुनै पनि वेबसाईट browse गर्नसक्नुहुनेछ ।















 



यो utility को बिशेषताहरु :
# यो Completly फ्रीमा उपलब्ध छ ।
# यसबाट आफ्नो IP Address Hide गर्न सकिन्छ ।
# प्रयोग गर्न एकदम सजिलो छ ।
# प्रयोग गरी सकेपछि browser history र cookies डिलिट गर्न सकिन्छ ।
# यसले fast proxies provides गर्छ ।

खराब पक्ष :
# यसले Internet Explorer मा मात्र काम गर्छ ।
# यसको proxies US बाट मात्र हुन्छ ।
# आफुले proxy छान्न सकिदैन ।

समस्तगत रुपमा भन्नु पर्दा UltraSurf ले तपाईंलाई पूर्णरुपमा कुनै पनि साईट आफ्नो इच्छा अनुसार visit गर्न स्वतन्त्रता दिन्छ खास गरी उनिहरुलाई जसलाई कुनै Goverments, Schools वा companys को employer हरुलाई कुनै वेबसाईटहरु visit गर्न बाट रोक लगाइएका हुन्छन । अहिलेको समय भनेको स्वतन्त्रताको लागि लड्ने हो । तपाईं पनि ढुक्क सँग कुनै पनि साईट visit गर्नुहोस् तर कुनै त्यस्तै unauthorized वेबसाईटहरु visit गरेर school वा कम्पनीको work policies हरु बिरुद्द गईयो भने त्यो तपाईंको आफ्नै Risk मा है त ।

तरिका-३

Block गरिएका साईटहरु खोल्ने तरिकाहरु मध्य यो पनि एक चोटि ट्राइ गरेर हेर्नुहोस् । कुनै कुनै बेला यसले पनि काम गर्छ । तरिका simple छ ।

१) Start > Run गर्नुहोस् र त्यहा cmd टाईप गरेर enter गर्नुहोस् ।
२) तपाईंको कम्प्युटरको Command Promt बक्स खुलेपछि त्यहाँ Ping टाईप गरेर तपाईंले खोल्नु पर्ने साईटको url टाईप गर्नुहोस् र enter गर्नुहोस् ।
जस्तै : ping www.facebook.com र Enter हान्नुहोस् ।
३) त्यहा केही नम्बरहरु देखिन्छन, IP Address जस्तै www.facebook.com को 66.220.146.25
४) यो नम्बरलाई कपि गर्नुहोस् र तपाईंको ब्राउजरमा पेस्ट गर्नुहोस् र Enter गर्नुहोस् ।
५) तपाईंको ब्राउजरमा facebook को पेज खुल्नेछ ।

अरु पनि Block गरिएका साईट खोल्ने तरिकाको लागि पहिलेका पोस्टहरु हेर्न तलको link मा जानुहोला
नत्र यो सानो trick पनि प्रयोग गरेर हेर्न सक्नु हुन्छ :

1 comments:

Anonymous said...

waahooo
very very good this blog.

Nepal upclose